छिमेक लघुवित्त संस्थाद्वारा घुम्ती बस वित्तिय साक्षरता सञ्चालन


१७ माघ, सुर्खेत । लघुवित्तको क्षेत्रमा छुट्टै चर्चा कमाएको छिमेक लघुवित्त वित्तिय संस्था लि. सुर्खेतको वीरेन्द्रनगरमा  घुम्ती बस वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको सुर्खेत शाखाले वीरेन्द्रनगर १ को टोम्पो पार्कमा घुम्ती वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा समसमायिक विषय वस्तु तथा वित्तिय क्षेत्रमा देखिएका चुनौती, वित्तिय अनुसासन र वित्तिय अनुसासन भङ्ग गर्दा व्यक्ति, परिवार, समाज र राष्ट्रलाई पर्ने प्रभाव तथा बैंकको अन्य सेवा सुविधाको बारेमा जानकारी गराइएको संस्थाका केन्द्रिय अनुगमन विभाग प्रमुख राजेन्द्र पन्तले बताउनुभयो ।

त्यस्तै संस्थाका वरिष्ठ सहायक बुद्धिराम महतोले वित्तिय जागरण राष्ट्रिय अभियान, ग्रामिन विकासको आधार लघुबित्तको गुणात्मक बिस्तार, भन्ने मुल नाराको साथ हाम्रो यो कार्यक्रम देश्व्यापी सनचालन हुने पनि जानकारी दिनुभयो । यस्तै सुर्खेत शाखा प्रमुख मानबहादुर रानाका अनुसार यो कार्यक्रम सुर्खेतको पश्चिम पञ्चपुरीमा सम्पन्न गरिसकिएको छ भने वीरेन्द्रनगरको लाटीकोइली,  छिन्चु र बोटेचौरमा पनि कार्यक्रम गरिने छ ।