३ दिने उद्घोषण तालिम शुरु


२७ फागुन । सुर्खेतमा पत्रकारीता तालिमको उद्घाटन फागुन २७ सुर्खेत कर्णालि प्रदेशका बिभिन्न जिल्लालाई लक्षित गरी वीरेन्द्रनगर सुर्खेतमा आइतबार देखि ३ दिने आइटी, उद्घोषण र पत्रकारीता तालिम सञ्चालन गरीएको छ ।

नेपाल पत्रकार महासंघ सुर्खेतको सभाहलमा सञ्चालन भएको उत्त तालिमको उदघाटन नेपाल खिष्टियन पत्रकार संघका केन्द्रिय अध्यक्ष गिदोन लामिछाने (तारा) ले गर्नुभएको हो । उद्घाटन समारोहका प्रमुख अथिति समेत रहेका अध्यक्ष लामिछानेले अहिलेको अवस्थामा सुचना प्रबिधि , उद्घोषण र पत्रकारीता तालिम महत्वपूर्ण र आवश्यक भएकोले देशका विभिन्न स्थानमा अभियानका रुपमा सञ्चालन गरेको बताउनुभयो ।

कुमाल मुभी हाउस सुर्खेतको ब्यवस्थापनमा नेपाल ख्रिष्टियन पत्रकार संघले आयोजना गरेको तालिममा गुञ्जन रेडियो नेटवर्क , ज्वाला प्रोड्क्सन टिभी, जागरण एफ.एम., कुमाल साउण्ड सिस्टम, एक्टिभ इन्टरनेसनल र महाप्रतिबाद राष्ट्रिय साप्ताहिकको सहकार्यमा सञ्चालन भएको नेपाल पत्रकार महासंघ सुर्खेतका सदस्य गोविन्द विश्वकर्माले जानकारी दिनुभएको छ ।

तालिमको उद्घाटनमा नेपाल ख्रिष्टियन पत्रकार संघका केन्द्रिय कोषाध्यक्ष साधुकुमार फेजोंग, इसाइ समाज सुर्खेतका अध्यक्ष पास्टर पदम नेपाली, इसाई समाज सुर्खेतका उपाध्यक्ष नविन दर्लामी, हिमालयन बाइबल कलेजका प्रिन्सिपल सुरेस कोइराला, इसाइ समाज सुर्खेतका कोषाध्यक्ष मनोज पुलामी, नेपाल पत्रकार महासंघ सुर्खेतका सचिब सुदिप पुरी लगाएतका अथितीहरुले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

आधारभुत तालिमबाट उत्पादित पत्रकारहरुले बिभिन्न सञ्चार माध्यममा आबद्ध बनाउने र समग्र कर्णाली प्रदेशको विकास र समृध्दीमा केन्दित हुने राजेश कुमालले बताउनु भयो । उहाँले अब कर्णाली प्रदेश स्तरीय नेपाल ख्रिष्टियन पत्रकार संघ गठन गरी महासंघिय ढाचाँमा नेपाल ख्रिष्टियन पत्रकार संघलाई अगाडी बढाउन माग गरिने बताउनुभयो ।

तालिम फागुन २९ गतेसम्म सञ्चालन हुने कुमाल मुभी हाउस सुर्खेतका कार्यकारी निर्देशक बिक्रम कुमालले जानकारी दिनुभयो ।