१८ औं वार्षिक साधारणसभा सम्पन्न


सुर्खेत, १७ कात्तिक ।
श्री ढाककोलेरी सामुदायिक वन उपझोक्ता समूहको १८ औं वार्षिक साधारणसभा शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
सभामा संस्थाका सचिव कमला कुमारी शाहीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समूहले विगतमा गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी दिए । सभामा संस्थाका कोषाध्यक्ष शुशिला कुमारी देवकोटाले अर्थिक वर्र्ष २०७३÷०७४ सालको ८ लाख ९७ हजार ५ सय ३२ रुपैयाँ बराबरको आय÷व्यय प्रस्तुत गरे ।

कार्यक्रममा प्रमुख अथिति वीरेन्द्रनगर नगरपालिका वडा नं.१२का वडा अध्यक्ष लोक प्रसाद चालिसेले समुदाय स्थरमा हस्तान्तरण भई संचालित रहेको वनलाई व्यवसायी मुखि बनाउनका लागी वन संरक्षण देखि लिएर वनमा विक्षारोपण गर्ने जस्ता कार्य गरेमा समितीलाई आम्दानिको श्रोत्र हुने साथै भविष्य आईपर्नै विभिन्न खाले विपदबाट हुने क्षतिमा कमि आउने बताए ।
श्री ढाककोलेरी सामुदायिक वन उपझोक्ता समूहको अध्यक्ष मधुमालती गुङ्खको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिशेष अतिथ् िजिल्ला ईलाका कार्यलयका रेन्जर घनश्याम चपाई, वन हेरालु जिपराज रेग्मी, अथितिहरु बालकृष्ण पौडेल, झंकराज काफ्ले, भगवान प्रसाद जैसी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
श्री ढाककोलेरी सामुदायिक वन उपझोक्ता समूहका सचिव कमला कुमारी शाही सहजीकरण गरेको सो कार्यक्रममा समूहका सदस्य विष्णु पौडेलले स्वागत मन्तव्य दिएका थिईन ।