
मौसम कुमार
फागुन २८, दैलेख ।
दैलेख जिल्लाको सवैभन्दा पुरानो नारायण (भाषा पाठशाला) आधारभूत विद्यालय १०० औं वर्ष पुगेको उपलक्ष्यमा दैलेख सदरमुकाममा विद्यालयको पुर्वाधार र स्तर उन्नतीका लागि आयोजित महायज्ञ सम्पन्न भएको छ । दैलेखको टुडिखेलमा १८ गते देखि सञ्चालन भएको महायज्ञ ८ दिन सम्म सञ्चालन भएको हो ।
सम्पन्न महायज्ञमा कुल ८ लाख, ५१ हजार, ३ सय, ३३ रुपैया संकलन भएको आयोजकले जानकारी दिएको छ । महायज्ञ अवधिभर १००८ कन्या पुजा, १ करोड दिप प्रज्वलन, देव लिला नृत्य प्रदर्शन रुद्र हवन, प्रवचन गरिएको विद्यालयका अध्यक्ष पुजा थापाले जानकारी दिनुभयो ।



Milan Shrestha । २८ फाल्गुन २०७४, सोमबार ०५:३५ बजे