कृषि स्वास्थ्य तथा वैकल्पीक जीविकोपार्जन कार्यक्रम(पहल) को व्यवस्थापन, यूएसएआइडीको आर्थिक सहयोगत तथा सुन्दर नेपाल संस्थाको सहजिकरणमा मातृ शिशु तथा बाल्यकालिन पोषण सम्बन्धी पाँच दिने तालिम सुरु भएको छ । जोखिम अवस्थामा रहेका घरधुरीको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
तालिममा मातृ शिशु तथा बाल्यकालिन पोषण कार्यक्रम लागू भएका विभिन्न गावि
सका सामाजिक परिचालक र कृषि प्राविधिकहरुको सहभागिता रहेको छ । तालिमका मुख्य प्रशिक्षक संगिता जोशीले तालिम अवधिभर सिकेका कुराहरुलाई ग्रामिण क्षेत्रका आमा तथा बालबच्चाको पोषण अवस्थामा सुधार ल्याउन प्रभावकारी रुपमा लागू गर्नुपर्ने बताइन् । उनले परियोजना लागू भएका क्षेत्रमा बालबालिकाको पोषण सुधारका लागि तालिममले उल्लेख्य सहयोग गर्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा पहल परियोजनाका कार्यक्रम संयोजक भीमराज वास्तोलाले तालिमको उद्देश्यमाथि प्रकाश पारेका थिए । मातृशिशु तथा बाल्यकालिन पोषण सम्बन्धी आधारभूत ज्ञान, सीप तथा व्यवस्थापकिय पक्षको क्षमता अभिवृद्धि गर्ने र व्यवहार सुधारको लागि सहमतिमा पुग्न प्रभावकारी परामर्श छलफल विधिको ज्ञान, सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको वास्तोलाले जानकारी दिए ।
कार्यक्रममा सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुषालले तालिमका सहभागिहरुलाई यहाँ सिकेका ज्ञान, सीपलाई ग्रामिण स्तरमा रहेका महिला तथा बालबालिकाको पोषणा सुधारका लागि प्रभावकारी सहयोग गर्न आग्रह गरे । तालिम भदौ १३ गते समापन हुने बताइएको छ ।



Milan Shrestha । ९ भाद्र २०७३, बिहीबार ११:३६ बजे