कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित, कसरी थाहा पाउने नतिजा ?


काठमाडौं, १३ फागुन ।
उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षा सन्चालक समितिको बुधबार बसेको बैठकको निर्णयअनुसार परीक्षाफल प्रकाशित गरिएको परिषदले बिहीबार जानकारी दिएको छ ।
कक्षा ११ मा एक विषयमा अनुत्तिर्ण विद्यार्थीहरुका लागि गत माघ २९ गते मौका परीक्षा सन्चालन गरिएको थियो ।
परीक्षाफल उच्च यहाँ क्लिक गरी हेर्न सकिने परिषदले जनाएको छ ।
यसैगरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यसका लागि मोबाइलमा एचएसइबी टाइप गरी सिम्बोल नम्बर राख्ने र १६०० मा एसएमएस गर्नुपर्ने परिषदले जनाएको छ ।