मिलन श्रेष्ठ
बैशाख,१३ सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारणले अहिले देश पुर्ण रुपमा डाउनको अबस्थामा रहेको बेला मिरमिरे युबा समाज सिनामंगल काठमाडौले कर्णाली प्रदेश डुङ्गेश्वर गाउपालिका दैलेखलाई स्वास्थ्य सामाग्रीहरु बितरण गरेको छ ।
युवा समाजले गाउपालिकालाई पि. पि.इ ३५ थान, ह्यान्ड बाँस ६० लिटरसर्जिकल मास्क ६ हजार थान सर्जिकल ग्लोब्स ५हजार थान यसै गरि, फेस कभर ३० थान र थर्मल गन २ थान लगायतका स्वास्थ्य सामाग्री हरु हस्तान्तरण गरेको हो ।
सस्थाको अध्यक्ष दिनेश बिक्रम शाह र सचिव चेतन न्यौपाने ले डुङ्गेश्वर गाउपालिका अध्यक्ष नगेन्द्र बहादुर मल्ल मार्फत स्वास्थ शाखा लाई हस्तान्तरण गर्नु भएको छ।
यसै गरि समाजका सचीव न्यौपानेको सयोजकत्वमा सो गाउँ पालिका मा स्वास्थ सामाग्री वितरण गरिएको थियो भने सामाग्री प्राप्त पश्चात सचिव न्यौपानेले , हाल राज्य नै विषम परिस्थिति मा रहेको बेला हामिहरुले सबै कुरामा राज्यको मुख ताकेर बस्नु भन्दा पनि सबैले आ–आफ्नो स्थानबाट बाट हातेमालो गर्दे सहयोग गरेमा राज्यलाई पनि आर्थिक भार कम हुने बताउनु भयो ।



Milan Shrestha । १३ बैशाख २०७७, शनिबार १९:०२ बजे