दैलेखको डुङ्गेश्वर गाउँपालिकामा मोतिविन्दु शिविर सम्पन्न


१ सय ४१ विरामीको उपचार मौसम कुमार
चैत्र १, दैलेख ।

नेपाल रेडक्रस सोसाईटी दैलेखले आयोजना गरेको मोतिविन्दु शिविरमा १ सय ४१ जना मोतिविन्दुका रोगीको उपचार भएको छ ।
उक्त कार्यक्रममा दैलेखको खवलपराजुल, सेरी वेस्तडा तथा नौमूले भेगका विरामीहरु उपस्थीत थिए । नेपाल रेडक्रस सोसाईटी सुर्खेत र आखाँ अस्पताल सुर्खेतको प्राविधिक सहयोग तथा डुङ्गेश्वर गाँउपालिकाको आर्थिक सहयोगमा शिबिर सम्पन्न भएको हो ।