
३ साउन, काठमाडौं । साइमेक्स इंक कम्पनीले काठमाडौंमा स्काई रेलको सञ्चालन गर्न सकिने निष्कर्षसहितको रिपोर्ट काठमाडौं महानगरपालिकालाई बुझाएको छ ।
काठमाडौंमा स्काई रेलको सम्भाव्यता अध्ययन गर्न जिम्मा पाएको साइमेक्स इंक कम्पनीले मंगलबार काठमाडौं महानगरपालिकालाई आफ्नो प्रारम्भिक रिपोर्ट बुझाएको हो ।
साइमेक्सले पहिलो चरणमा तिलगंगादेखि कलंकीसम्म स्कोई रेल सञ्चालनको प्रस्ताव गरेको छ । यसको रुट तिलगंगाबाट सुरु भएर एरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माइतीघर, शहीदगेट, त्रिपुरेश्वर, कालिमाटी, रविभवन हुँदै कलंकीसम्म हुनेछ ।
साथै भविश्यमा यो रुटलाई कीर्तिपुरसम्म लम्ब्याउने सकिने साइमेक्सको रिपोर्टले देखाएको छ ।

साभारः अनलाइनखबर



Prawash Kumar Shakya । ३ श्रावण २०७४, मंगलवार ११:३२ बजे