प्रदिप ज्ञवाली परराष्ट्र, रविन्द्र अधिकारी पर्यटन मन्त्री


२ चैत, काठमाडौं । नेकपा एमालेले पाँच मन्त्री र एक राज्यमन्त्रीको छनोट गरेको छ । एमाले सचिव प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री बन्ने भएका छन् भने रबिन्द्र अधिकारी पर्यटन मन्त्री ।
गोकर्ण विष्ट श्रम तथा रोजगार, रघुवीर महासेठ भौतिक पुर्वाधार, जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्रालयको जिम्वेवारी पाउने भएकाछन् ।
एमाले नेता गोकुल बास्कोटा भने सञ्चार राज्यमन्त्री बन्ने भएका छन् । मन्त्रीहरुको सपथ आजै अपराहृन ४ बजे हुनेछ ।