गाँउ नै प्रतिमाको अध्यापनकालागि सहयोगमा जुट्यो (भिडियो सहित)


बाँया तर्फबाट क्रमशः अभियन्ता सन्तोष श्रेष्ठ, प्रतिमा शर्मा र वडा अध्यक्ष तिलकवीर सुनार

६ मंसीर, बाँके । प्रदेश न‌ं ५ को बाँके जिल्लाको खजुरा गाँउपालिकाको वडा नं ४ डि गाँउ यतिवेला चर्चाको विषय बनेको छ । बाँके नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत नेपालगञ्जबाट करिव ७ किलोमिटरको यात्रा पछि खजुरा १ नम्बरबाट करिव ५०० मिटर उत्तर तर्फबाट फेरी पश्चिम तर्फको बाटोमा एउटा माटोको भत्किएको घर छ । गतबर्षको बर्षामा घरको दाहिने तर्फको भाग भत्किएपछि खरले बारिएको छ जुन नेपाल सरकारको विपन्न कोटामा एमबीबीएस (चिकित्सक) पढ्नकालागि १५ हजार विद्यार्थीलाई उछिन्दै नाम निकाल्न सफल प्रतिमा शर्माको घर हो ।

अहिले प्रतिमालाई एमबीबीएसको अध्यापन गराउनकालागि गाँउ नै लागिपरेको छ । विषेश गरेर प्रतिमा शर्मा बाल्यकालदेखिको पढाईमा लगनशिलता अनी स्वाभावलाई देखेर प्रतिमाका छिमेकी सन्तोष श्रेष्ठले आफै जमानी बसेर ऋृण निकालिदिए पछि यो कार्यमा प्रतिमाको वडा न‌ं ४ का अध्यक्ष पनि साथ लागेर प्रतिमाको पढाईलाई पूरा गर्नकोलागि वडाले प्रतिमा शर्मा सहयोग समिति नै गठन गरेर सहयोग संकलन गरिरहेको छ ।

प्रतिमा शर्मालाई सहयोगका लागि एनआईसी एसिया बैंकमा वडा अध्यक्ष तिलकवीर सुनार र प्रतिमाकी आमा सितादेवी शर्माको नाममा रहेको खाता नम्बर  बि १८७०००४५८९५२४०१ मा रकम जम्मा गर्न सकिने प्रतिमा शर्मा सहयोग समितिले जनाएको छ ।