अशोक राजी
सुर्खेत, १३ माघ ।
बर्दिया राष्ट्रिय निकुन्ज भित्रको १८ किलोमिटर सडक खण्डमा मंगलबारदेखि दुई वटा जीप सञ्चालनमा आएका छन् । बर्दिया राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र भित्रपर्ने सुर्खेतको हरिहरपुर र तरङ्गा गाविसका स्थानीय बासिको वर्षौदेखिको पहलमा बर्दिया राष्ट्रिय निकुन्ज ठाकुरद्वाराले स्विकृती दिएपछी सो रुटमा कृष्णसार यातायात ब्यवसायी समितीले जीप सन्चालनमा ल्याएको हो । उक्त रुटमा भुरिगाउँ–तेलपानी हुँदै सुर्खेत जुम्ला सडक खण्ड अन्तर्गत भुरिगाँउदेखी अम्रेनी हुँदै बडापानीसम्मको करीब १८ किलोमिटर सडक खण्ड पर्दछ । सो क्षेत्रमा गाडी चल्न थालेपछी हरिहरपुर र तरङ्गाका बासिन्दालाई आवतजावतमा सजिलो र सामान ओसारपोसारमा राहत भएको स्थानीयले बाताएका छन् । सो क्षेत्रको सडक खण्डमा पर्ने बडापानी आर्मी ब्यारेक नजिक बुधबार कृष्णसार यातायात ब्यवसायी समितिका गाडी चालक र राष्ट्रिय निकुन्जमा कार्यरत कर्मचारीहरुलाई स्थानीय बासिन्दाहरुले फूलमालाले स्वागत गरेका थिए ।
यसैगरि बर्दिया राष्ट्रिय निकुन्ज भित्रको १८ किलोमिटर सडक खण्ड सञ्चालनमा आएपछि स्थानियमा खुशियाली छाएको छ । निकुन्ज मध्यवर्ती क्षेत्र भित्रपर्ने सुर्खेतको हरिहरपुर र तरङ्गा गाविसका स्थानीय बासिको वर्षौदेखिको पहलमा बर्दिया राष्ट्रिय निकुन्ज ठाकुरद्वाराले स्विकृती दिएपछी त्यस रुटमा कृष्णसार यातायात ब्यवसायी समितीले गाडि सन्चालनमा ल्याएसगै स्थानियमा खुशियाली छाएको हो । उक्त रुटमा भुरिगाउँ–तेलपानी हुँदै सुर्खेत जुम्ला सडक खण्ड अन्तर्गत भुरिगाँउदेखी अम्रेनी हुँदै बडापानीसम्मको करीब १८ किलोमिटर सडक खण्ड पर्दछ । त्यस क्षेत्रमा गाडी चल्न थालेपछी हरिहरपुर र तरङ्गाका बासिन्दा लयात त्यहाँका स्थानियलाइ आवतजावतमा सजिलो र सामान ओसारपोसारमा राहत भएको स्थानीयले बाताएका छन् ।



Milan Shrestha । १४ माघ २०७२, बिहीबार ११:४३ बजे