प्रकाश बम “परीश्रमि”
भेषभुसा रहन सहन भन्थिन आमाले
नबिर्सिनु घर आगन भन्थिन आमाले
गाउ छोडी जो कोहि सहर छिरेपछी
मौसमझै फेर्छन मन भन्थिन आमाले
जाने बेला बिदाईका हात हरु हल्लाउदै
कस्ले गर्छ मेरो जतन भन्थिन आमाले
म बुढीलाई नातिहेर्ने रहर लागिसक्यो
जुरा बाबू अब लगन भन्थिन आमाले
सुनफलाउन सकिन्छयहि पौरखगरेपछि
कमाइन्न प्रदेसमाधन भन्थिन आमाले
फेर्छुभन्दा चालचलन भन्थिन आमाले
भैगो छोरा मूर्खनबन भन्थिन आमाले



Milan Shrestha । ५ चैत्र २०७४, सोमबार ०९:३३ बजे