प्रकाश परिश्रमि
असार ३, काठमाण्डौ ।
सर्वमान थिएटरमा हरेक दुई महिनमा नियमित हुँदै आएको गजल वाचन र गायनको श्रृंखला महफिलमा गोरखाका गजलकार प्रदीप रोदन र झापा दमकका गजलकार लोकेन्द्र बञ्जाराले गजल वाचन गरे । तीन चरणमा भएको वाचनमा प्रत्येक गजलकारलाई दश, दश वटा गजल वाचन गर्न लगाइएको थियो । तर, दर्शक र श्रोतको मागपछि पछि प्रदीपले थप २ वटा गजल वाचन गरेका थिए ।
दुवै गजलकारका प्रत्येक शेरमा दर्शक श्रोताले ताली र वान्स मोर दिएका थिए । कार्यक्रममा चर्चित गायक राज सिग्देलले प्रदीपको ‘लगाएर माया कुनै पल तिमीले, पूरै जिन्गदीभर गर्यौ छल तिमीले’ र ‘दुःख अनि चोट सारा लुकाउने मान्छे, किन रोएँ तिम्रो सामू म नरुने मान्छे’ तथा लोकन्द्रको ‘म तिम्रो नजिकको यारमा कहाँ छु, म अभागी हुँ तिम्रो निधारमा कहाँ छु’ र ‘हेर मेनकालाई मिरा बनाइदिन्छ, समयले कोइला पनि हिरा बनाइन्छि’ भन्ने गजल गाएका थिए ।
कार्यक्रमलाई सर्वनामसँगको सहकार्यमा उर्वरा फाउण्डेशन, मधुवन साहित्य परिवार, नेपाल मेडिकल कलेज र शब्दघर छापाखानाले संयोजन गर्दै आएका छन् ।
शनिबारको कार्यक्रममा युवा लेखक विवेक ओझाको ऐलानी उपन्यासको पुस्तक चर्चा गरिएको थियो । गोलाप्रथाका आधारमा दुई जनाले ऐलानी उपन्यास उपहार पाएका थिए । महफिलको अर्काे श्रृंखला आउँदो भदौ पहिलो शनिबार हुनेछ ।



Milan Shrestha । ३ असार २०७५, आईतवार ०७:०१ बजे