६ चैत । सुर्खेत । सुर्खेतमा बेबारिसे अवस्थामा छोडिएको शिशुलाई आज प्रहरीले उद्दार गरेको छ । वीरेन्द्रनगर नगरपालिका ६ शनिहल नजिकै बेबारिसे अबस्थामा १ जना शिशुलाई स्थानीयबासीले फेला पारे पछि प्रहरीलाई खबर गरे लगतै जिल्ला प्रहरी कार्यालयले उद्दार गरेको हो ।
आज बिहान करिब ६ बजे उद्दार गरिएको शिशु छोरा रहेको प्रहरीले बताएको छ ।
प्रहरी निरिक्षक शंकर श्रेष्ठले शिशु १/२ दिन अघि मात्र जन्मिएको हुन सक्ने अनुमान गरिएको बताउनुभयो । शिशुलाई उपचारको लागी अहिले मध्यपश्च्िम क्षोत्रिय अस्पताल कालागाँउ लगिएको छ भने शिशुको अबस्था सामान्य रहेको उहाँलेे जानकारी दिनु भयो ।
‘अहिले शिशुलाई क्षेत्रीय अस्पताल कालागाउँमा राखेर उपचार भइरहेको छ’ । ‘ शिशु कसले छोडेको हो यसबारे हामीले अनुसन्धान भैरहेको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।’



Milan Shrestha । ६ चैत्र २०७४, मंगलवार १४:५७ बजे