
कालीकोट, १४ भदौ । जुम्ला र कालीकोटको सिमानामा पर्ने कालीकोटको तिलागुफा नगरपालिका वडा नं १ को नाग्म बजारमा पहिरो खस्दा चार ओटा घर पुरिएका छन । घरभित्र दश जना मानिस पुरिएको हुनसक्ने अनुमान गरिएको छ ।यस क्षेत्रमा संचारको कुनै पनि सेवा र सुविधा नभएकाले जिल्ला प्रशासन कार्यालय कालीकोट र नजिकै पर्ने जुम्लामा खबर नहुँदा घरभित्र पुरिएका मानिसलाई उद्धार गर्न ढिला भएको स्थानीयले जनाएका छन् ।
कर्णाली राजमार्गकै किनारका घरहरुमा पहिरो खसेकाले अहिले राजमार्ग पूर्णरुपमा बन्द भएको छ। भत्केको घरभित्रबाट मानिसको आवाज आएको सुनिएकाले सरकारी निकायबाट तत्काल उद्धार टोली पुग्न सके केही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिने सम्भावना रहेको स्थानीयले बताएका छन् ।साभार ABConline



Milan Shrestha । १४ भाद्र २०७७, आईतवार १२:५८ बजे