अविरल ढकाल, जुम्ला
फागनु १ । हिमाली जिल्लाको सदरमुकामहरुमा शैक्षिक सत्र सुरु हुनु भन्दा एक हप्ता अगाडी नै पाठ्य पुस्तक पुग्छन् । जुम्लामा यो वर्ष शैक्षिक सत्र सुरु हुनु भन्दा १० दिन अगाडी नै पुस्तक पसलमा पाठ्य पुस्तक आई पुगेका छन् । पुस्तक सदुरमुकाममा पुगे पनि तर दुरदराजका विद्यालय र विद्यार्थीको हातमा पुस्तक कहिले समयमा पुग्दैनन ।
हिमाली जिल्लाको शैक्षिक सत्र फागुन १ गते बाट सुरु हुन्छ । जुम्लाको सदरमुकाममा पाठ्य पुस्तक समयमा पुग्छन् तर दुरदराजका विद्यालयमा पुस्तक नपुग्ने भएकोले शिक्षक र विद्यार्थीले २ महिना सम्म पनि पुस्तक विना नै पठनपाठन गर्न बाध्य हुन्छन् ।
भौगोलिक विकटताका कारणले ढुवानीमा गाह्रो हुने भएको र गाडी जाने ठाँउ सम्म त सजिलै पुस्तक पुग्छन् । बजारमा पुगेको पुस्तक पनि गाँउमा विद्यालयमा पुर्याउनको लागि घोडा, खच्चड र मानिसलाई नै पुस्तक बोकाउन पर्ने बाध्यता पहिले पनि विद्यमान रहेको विक्रेता गणेश रोकायाले बताए ।
गतबर्ष गंगा माविका विद्यार्थीहरुको हात पुस्तकहरु पुगेनने तर पातारासी गाउँपालिका २ का धनराज बुढाको पसलमा गत साल नै बुझेका पुस्तक अहिले सम्म विद्यालयमा पगेका छैनन् ।
पुस्तक शिक्षकले नै त्यहाँ छोडेर लिन नआएकोले विद्यार्थीहरुको हातमा नपुगेरै विद्यार्थीहरुले अन्तिम परिक्षा दिए । यसो हुनुमा विद्यालय व्यवस्थापन समितिको पनि ठुलो कमजोरी भएको जानकारहरु बताउँछन् ।
यता फागुनको दोस्रो साता सम्म सबै विद्यार्थीहरुको हातहातमा पाठ्य पुस्तक पुर्याउने उदेश्यले काम भईरहको निमित्त जिल्ला शिक्षा अधिकारी महेशदत्त देवकोटाले बताए ।
उनका अनुसार यस वर्षबाट जुम्लाको १ नगरपालिका र ७ वटा गाउँपालिकाबाट रकम विनियोजन गरेर पाठ्य पुस्तक खरिदको काम भईरहेको छ । जुम्लामा ८ वटै स्थानिय तहबाट ९७ लाख ३६ हजार रकम विनियोजन भएको देवकोटाले भने । विद्यार्थी संख्याको आधारमा हेर्दा जुम्लामा ४७ लाख ४८ हजार ९ सय २७ रुपैयाँ अभाव रहेको र यो वर्ष किताबको मुल्य बढेकोले ५५ लाख रुपैँयाको अभाव भएको समेत देवकोटाले बताए ।
प्रमुख जिल्ला शिक्षा अधिकारी नारायण कृष्ण श्रेष्ठले भने हिमाली जिल्लाहरुलाई जनक शिक्षा साम्रगी केन्द्रले पहिलो प्राथामिकता दिएर आफ्नो पुस्तक डिपो बाट स्थानिय पुस्तक विक्रेताहरु समक्ष पठाउने गरेको छ । अरु जिल्लाहरुको शैक्षिक सत्र ढिलो सुरु हुने र हिमाली जिल्लाहरुमा पहिले नै सुरु भएको र यो शैक्षिक सत्रको दोस्रो साता भित्र बालबालिको हातमा पुस्तक पुग्ने श्रेष्ठले बताए ।
जुम्लामा ३ वटा पुस्तक पसलहरुले जुम्लाका विद्यालयहरुमा किताब पुर्याउने जिम्मा लिएका छन भने । यो समयमा कक्षा ६ देखि १० सम्मका पुस्तक जुम्लाका पुगिसकेका छन् भने कक्षा १ देखि कक्षा ५ सम्म यो साता भित्र पुस्तकहरु आई पुग्ने पुस्तक विक्रेता रोकायाले बताए ।



Prawash Kumar Shakya । १ फाल्गुन २०७४, मंगलवार १२:१९ बजे