मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु ।


सुर्खेत,०९, चैत ।
सुर्खेत वीरेन्द्रनगर –१ स्थित बाङगेसिमलमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भे ४ प ८९२१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा दैलेखको चामुन्दा विन्द्रसैनी नगरपालिकाकाका गगन अर्खालीको मृत्यु भएको हो।

दैलेखबाट सुर्खेततर्फ आउँदै गरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट करिव १० मिटर तल खसेको थियो।

मोटरसाईकल दुर्घटनाबाट गम्भिर घाईते भएका अर्खालीको उपचारको क्रममा क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता संञ्‍जय सिंह चौधरीले बताए।

साभारः देश सञ्चार ।