
मिलन श्रेष्ठ
सुर्खेत, २१ चैत ।
बुधवार(आज) बिहान वीरेन्द्रचौकमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ११ बर्षमा प्रवेश गरेको दिनमा शाखा कार्यालय सुर्खेतको आयोजना तथा विगत लामो सयम देखि बृद्ध–बृद्धा, वाल–वालिका, अनार्थ, स्वास्थ्य तथा शिक्षा लगाएत विभिन्न क्षेत्रमा कार्य गर्दे आईरहेको सुर्खेत जिल्ला स्थीत सम्पूर्ण लायन्स क्लबहरुको सहकार्यमा उक्त कार्यक्रमको गरिएको हो ।

एशियन लाईफ इन्स्योरेन्स सुर्खेतका का.मु. अधिकृत पारसमणि खनालको सभापतित्व, नेपाल रेडक्रस सोसाईटी सुर्खेतका सभापति रामलाल आचार्यको प्रमुख आथित्य एवंम बिशेष अतिथि रिजन चियर पर्सन कल्पना कार्कीको अथित्यमा सम्पन्न कार्यक्रममा जिल्लाका लायन्स क्लवहरुका डिस्ट्रि«क को–अर्डिनेटरहरु, डिस्ट्रि«क अफिसर, अध्यक्ष, प्रथम चियर पर्सन, द्धितिय चियर पर्सन, तृतिय चियर पर्सनहरु, सचिव तथा कोषाध्यक्षहरुको उपस्थित रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रामलाल आचार्यले जिल्लामै मात्र नभई नेपालमै एशियन लाईफ इन्स्योन्स कम्पनीले राम्रो व्यवसायहरुले गर्दे अग्र स्थानमा रहेकोले आगामी दिनमा पनि नेपालमै सबै भन्दा अग्र स्थान ओगट्न सफल रहोस् शुभकामना व्यक्त गर्दे, वीमा क्षेत्र मुनाफा आर्जन गर्ने र व्यवसाय गर्ने क्षेत्र हो भन्ने भनाईलाई यसरी एशियन लाईफ ईन्स्योरेन्स कम्पनीकै आयोजनामा गरिएको रक्तदान कार्यक्रमले राम्रो संदेश जाने बताए ।
यसैगरी कार्यक्रमका सभापति खनालले देशभरीमै लायन्स क्लवहरु विस्तार गर्ने कार्यमा सुर्खेत पहिलो भएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । पछिल्लो समय मानिसहरु सामाजिक कार्यमा संलग्न हुनका लागि लायन्स क्लवमा आवद्ध हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “केही समय पहिला लायन्स क्लवप्रति आम मानिसको दृष्टिकोण फरक रहेपनि पछिल्लो समय लायन्स क्लवले गरेका सामाजिक गतिविधि देखेर लायन्समा आवद्ध हुनेहरुको संख्या बढ्दै छ ।” साथै विगतमा रगत दिन डराउने र रगत दिनुहुन्न भन्ने सोच रहेता पनि हाल बिभिन्न सामाजिक कार्य गर्ने संघ–संस्थाहरुले बेला–बेलामा रक्तदान कार्यक्रमहरु गर्ने गरेकोले उक्त सोचमा परिवर्तन ल्यादै अब आएर रगतका लागी सर्वसाधारणहरुले दुःख नपाईरहेको र सुर्खेतमा पनि ब्लड बैंकको आवश्यकता रहेको कुरामा जोड दिए ।
कार्यक्रममा डिस्ट्रक अफिसर किशोरकुमार रेग्मीले शुभकामना मन्तव्य दिनुभएको थियो ।



Milan Shrestha । २१ चैत्र २०७४, बुधबार १२:१८ बजे