कर्णाली प्रदेशका मन्त्रालय र कार्यालयमा फेसबुक चलाउन प्रतिबन्ध लगाइने


सुर्खेत, चैत ११ । कर्णाली प्रदेश सरकारले मातहतका मन्त्रालय र कार्यालयहरुमा कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध लगाइने भएको छ । फेसबुकका कारण नागरिकका काम प्रभावित हुने गरेकाले कार्यालय समयमा फेसबुक चलाउन मंगलबारबाट प्रतिबन्ध लगाउने तयारी गरिएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फेसबुकका कारण समयको दुरुपयोग हुने गरेको भन्दै समयका सहि सदुपयोग गर्न कर्णाली प्रदेश सरकारका मातहतमा रहेका मन्त्रालय र कार्यालयहरुमा फेसबुक चलाउन रोक लगाउने निष्कर्षमा पुगेको बताउनुभयो ।

कर्मचारीहरु नागरिकको कामलाई बिभिन्न बाहानामा थाति राख्दै धेरैजसो समय फेसबुकमा बिताउने भएकाले कर्णाली प्रदेश सरकार मन्त्रालयहरु र कार्यालयहरुमा फेसबुक चलाउन प्रतिबन्ध लगाउन लागिएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले इन्टरनेटका निजि कम्पनिहरुसँग छलफल गरी प्रदेश सरकारका मातहतमा रहेका मन्त्रालय र कार्यालयहरुमा कार्यालय समय अवधिभर फेसबुकमा रोक लगाउने उपायका बारेमा गरेको छलफल पछि प्रतिबन्ध गरिने भएको हो ।