व्यक्तीगत लगानीमा जेब्रा क्रसिङ्ग निर्माण (फोटोफिचर)


२३ बैशाख, सुर्खेत । “अपाङ्गले केही गर्न सक्छ” । तर केही गर्नकालागि पैसा त चाहिन्छ नै आफूसंग भएको केही रकमलाई सुर्खेत वीरेन्द्रनगर ४ का बुवा रामदत्त सापकोटा र आमा स्व‍. भिमा सापकोटाका कान्छा छोरा २६ बर्षिय यूवा किरणकिशोर सापकोटले आफ्नो घर अगाडी नै भएको अटो (टेम्पो) दुर्घटनालाई हेरेर अब दुर्घटना न्यूनीकरण गर्नुपर्छ भन्ने अभिप्रायले कसै संग आर्थिक सहयोग नलिएर आफ्नै व्यक्तिगत खर्च करिव ५० हजारको लागतमा एक उदारहणीय कार्य गर्नुभएको छ ।

मेरो आमाले मलाई यो संसार छोडेर जानु अघिनै मेरो नाममा केही रकम सहकारी संस्थामा जम्मा गरिदिनुभएको रहेछ त्यो रकम अनी मेरो पढाई पनि राम्रो भएको कारणले मैले छात्रबृती रकमलाई फजूल खर्च नगरी समाजमा केही काम गर्नुपर्छ भन्ने लाग्यो । संयोगवस एकदिन मेरो घर अगाडी अटो दुर्घटना भयो भैरवस्थान विद्यालय नजिक त्यही दुर्घटनाले मलाई सवारी साधन चलाउने तथा बटुवाहरुकालागि जनचेतना जगाउने मन भयो अनी त्यही रकमलाई समाज सेवामा खर्चिय । सापकोटा भन्नुहुन्छ ।

म सानैबाट रेडक्रसमा सहभागी हुन्थे गाँउमा पनि हामीेले मितेरी सञ्जाल नामक क्लव खोलेर सामाजिक कार्य गर्थ्यौं । साथै केही समय लियो क्लव भैरवस्थानको उपाध्यक्ष भएरपनि काम गरेको उहाँ बताउनुहुन्छ ।

यो काम गर्नकालागि मेरो एकजना इन्जिनियर साथी पुजन गिरीले बाटोमा जेब्रा क्रसिङ्ग र साँकेतिक चिन्हहरुको स्केच बनाइदिनुभयो र मैले सुर्खेत ट्राफिकको साथ लिएर वीरेन्द्रनगरको भैरवस्थान विद्यालय अगाडी मुख्यबजारको चौक (वीरेन्द्र) र तल्लोबजार बाट हटिया जाने चौकमा जेब्रा क्रसिङ्ग र संकेत चिन्ह र ३ ठाँउमा २० थान क्याटलाइट (गाडीको बत्तीले टल्कने बत्ती) राखेको छु । उहाँले भन्नुभयो ।

साथी पुजनले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार जेब्रा क्रसिङ्गको स्केच बनाई दिएपछि काम गर्न सजिलो भएको सापकोटा बताउनुहुन्छ । मलाई यो काम गर्नमा साथ दिने भैरवस्थानका सम्पूर्ण लियो क्लवका अग्रज, साथीहरु, जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख हरि बुढाक्षेत्री एवं ट्राफिक परिवारलाई धन्यवाद दिन्छु । सापकोटा भन्नुहुन्छ ।