सवा ३ करोडको लगानिमा बहुउद्देश्यीय कभर्ड हलको निर्माण हुने


खेलकुदको विकासका लागि सरकार गम्भिर रहेको मुख्यमन्त्रिको भनाईचैत ११, सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा खेलकुद विकासका लागि प्रादेशिक सरकार गम्भिर भएर लाग्ने बताउनु भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माण हुने बहुउद्येष्यि कभर्ड हलको सिलन्यास गर्दै मुख्यमन्त्रि शाहीले खेलकुदलाई नेपालकै भिन्न रुपमा विकास गर्नका लागि युवाहरुले आफ्नो सक्रियताका साथ लाग्न जरुरी रहेकोमा जोड दिनुभयो ।

नयाँ–नयाँ खेलकुदको अध्ययन र आविस्कार गर्न जरुरी रहेकोमा जोड दिदै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा जनताले इमान्दारिताका साथ काम गरे अबको १० वर्ष भित्र जनता कार चढेर हिड्ने पनि ठोकुवा गर्नुभयो । सुर्खेत जिल्ला ब्याट्मिन्टन संघको सवा ३ करोडको लगानीमा वीरेन्द्रनगर ८ मा निर्माण हुने बहुउद्येष्यि कभर्ड हलको सिलन्यास गर्दै उहाँले परम्परावादी सोचाईले कर्णाली प्रदेश विकसीत नहुने भएकाले समृद्धिको यात्रा सफल पनि नहुने बताउनुभयो । आर्थिक अभाव र भौगोलिक विकटताका कारण कर्णाली प्रदेशको विकास चुनौतिपूर्ण भएको भन्दै मुख्यमन्त्रि शाहीले कर्णाली प्रदेश सरकारको मुख्य एजेन्डा नै विकास र समृद्धि भएको पनि दोहोर्याउनु भयो ।

ब्याडमिन्टन संघका सचिव खिमलाल देवकोटाले जानकारी दिएअनुसार सुर्खेत स्थित विभिन्न संघसंस्था तथा व्यक्तिहरुको सहयोगमा उक्त कभर्ड हल निर्माण गर्न लागिएको हो । निर्माण भइसके पछि विभिन्न खेलहरु खेल्नका लागि सजिलो हुने जानकारी दिदै सचिव देवकोटाले महायज्ञ लगाएर १ करोड, २७ लाख संकलन गरेको र थप रकमका लागि संघले आर्थिक सहयोग संकलन गर्ने जानकारी दिनुभयो ।