मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु


१३ श्रावण, सुर्खेत । सुर्खेत दैलेख सडक खण्डको कपासे नजिकै बाँसपानी बेलौती घारी मोडमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

दैलेख देखि सुर्खेत तर्फ आइरहेको लु. ५० प ८५५७ नम्बरको मोटरसाइकल आज विहान करिव ११ः४५ बजे दुर्घटना हुँदा मोटरसाइकलमा सवार दैलेख जिल्ला गुराँस गाउँपालिका ५ बस्ने करिव २७ बर्षिय मनिषा पंगेनीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक हरिभक्त रोकायले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक मृतकका श्रीमान् करिव ३० बर्षिय डिलबहादुर पंगेनी घाइते हुनभएको र निजको उपचार भैरहेको प्रहरी सहायक निरिक्षक रोकायले बताउनुभयो । उहाँले भन्नुभयो “तिब्रगती र अनियन्त्री हुँदा दुर्घटना भएको हो ।”