
चैत्र १२, सुर्खेत ।
अभियान समृद्धिको साझेदारी निजी क्षेत्रको भन्ने मूल नारासहित कर्णाली प्रदेशमा प्रादेशिक आर्थिक बहस गरीएको छ ।
कर्णाली प्रदेशका आर्थिक तथा व्यवसायीक सम्भाव्यता र विकासको प्राथमिकता बिषयक बहस गरीएको हो ।
नेपाल उद्योग बाणिज्य महासंघ, नयाँ पत्रिका दैनिक, नेपाल आर्थिक पत्रकार समूहको आयोजना तथा नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशको सहआयोजनामा बहस सञ्चालन गरीएको हो ।
कार्यक्रममा कर्णाली प्रदेशको आर्थिक विकासका लागि सहकार्य गर्न गर्न तयार रहेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले प्रदेश सरकारलाई पुर्वाधार र सुरक्षाको व्यवस्थामा जोडदिन आग्रह गर्नुभयो । उहाँले उद्योग खोल्नका लागि जग्गाको व्यवस्था, बैकिंङ् सेवा र सुरक्षालगायतका सेवासुविधामा जोडदिन आग्रह गर्नुभएको हो ।
बहसका प्रमूख अतिथि समेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने र लगानीका लागि वातावरण निर्माण गर्ने प्रतिवद्धतता ब्यक्त गर्नुभयो ।
एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णाली प्रदेशको पहिलो प्राथमिकता भौतिक पुर्वाधार र सडक सञ्जाल निर्माण भएकाले कर्णाली प्रदेशमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका सांसद हिमबहादुर शाहीले कर्णाली प्रदेशमा लगानी गर्न आफुहरुले आवश्य वातावरण बनाउन सरकारलाई सहयोग गर्नेमा जोडदिनुभयो ।



Milan Shrestha । १२ चैत्र २०७४, सोमबार १३:०४ बजे