स्कर्ट नलगाए पछि विद्यालयमा प्रवेश निषेध


कोहलपुर । निजी विद्यालयहरुले तोकिएकै पोशाकमा आउन निर्देशन दिँदा मुस्लिम किशोरी विद्यालय जानबाट बञ्चिल भएका छन् । अधिकाँश विद्यालय स्कर्ट,सर्ट र पायन्टलाई पोशाक तोकको छन् तर मुस्लिम सुमदायका किशोरीलाई मिड्डी, स्कृर्ट र सर्ट लगाउन अनुमति छैन ।   धर्म संस्कृतिलई ख्याल नगरी तोकिने त्यस्ता पोशाक अनिवार्य गरेर आफ्ना छोरीहरुको पढाइ रोकेको उक्त समुदायका अगुवाको गुनासो छ ।

नेपालगन्ज स्थित गोल्डेन एबीसी विद्यालयले मिड्डी लगाएर नआएको बताउँदै विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएपछि विवाद चुलिएको छ । नेपालगन्ज ४ की मैयासा अन्सारी, सना शहजादी र सानिया खानलाई तोकिएको पोशाक नलगाएको बताउँदै समेबार कक्षाबाट निकालियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

साभारः नेपालीपत्र अनलाइन