फजुल खर्च बढाएको स्थानियको गुनासो
चैत्र १३, कालीकोट ।
कालीकोटको रास्कोट नगरपालिकाका प्रमूखले वडा अध्यक्षहरुलाई मोटरसाइकल खरिद गरिदिएर कानूनको धज्जी उडाएका छन् । १८ किलोमिटर मात्र सडकको पहुँच पुगेको रास्कोटमा ८ पुराना र ११ नयाँ मोटरसाइलक चलाएर कानूनको धज्जी उडाउदै स्थानिय नागरीकहरुलाई खल्लो बनाएकाछन् ।
नगरपालिकाका ९ वटै वडा अध्यक्षहरु बिना लाइसेन्स, बिना नम्बर प्लेटका मोटरसाइकल रातीको १२ बजेसम्म हुँइकाएर कानूनको धज्जी उडाउने गरेको स्थानीयले गुनासो गरेका छन् ।
नगरपालिकामा १९ वटा मोटरसाइकल र प्रमूखले चढ्ने ५५ लाख बराबर मूल्य पर्ने गाडि खरिद गरि मासिक रुपमा लाखौंको फजुल खर्च बढाएको भन्दै स्थानीयवासीले आक्रोस ब्यक्त गरेका हुन् । बिना लाइसेन्स, बिना नम्बर प्लेटका मोटरसाइकलहरु हुँइकाएर नगरवासीलाई नियमित फुर्ति देखाई रहदा प्रहरी प्रशासन पनि मौन छ ।
मोटरसाइकल खरिदग गरेर ३÷४ जना माओवादी केन्द्र र एमालेका कार्यकर्ता बिहान देखि राति १२ बजेसम्म अनियन्त्रित तबरले सवारी साधन चलाईरहदा नम्बर प्लेट पनि नहाल्नु र लाइसेन्स बिनै हेल्मेट नलगाएर हिड्नु कानूनको उलङ्घन भएको नेपाली कांग्रेसका यूवा नेता आनन्द शाहीको भनाइछ । प्रहरी प्रशासनलाई ठाडो चुनौति दिदाँ प्रहरी मुकदर्शक हुनु लाजमर्दो बिषय भन्दै नेता शाहीले नगरपालिकामा प्रतिपक्ष दल नहुँदा निर्बाचित प्रतिनिधिहरु निरंकुशताको बाटोमा हिड्ने प्रयत्न गर्दै जनतालाई बेवास्ता गर्दै जाने भए बिपक्षि दलहरुसँग सहकार्य गरेर हिड्ने चेतावनी पनि दिनुभयो ।



Milan Shrestha । १३ चैत्र २०७४, मंगलवार ०९:४६ बजे