
सुर्खेत, २२ साउन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले गएको आर्थिक वर्ष २०७२÷७३ मा लक्ष्य भन्दा १ करोड ८२ लाख रुपैया वढी राजश्व संकलन गरेको जनाएको छ । गएको आर्थिक वर्ष २०७२÷७३ मा २ करोड १७ लाख रुपैया राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ३ करोड ९९ लाख रुपैया राजश्व संकलन भएको नगरपालिकाले बताएको छ ।
भवन निर्माण आचारसंहित लागु हुनुभन्दा पहिला वनाइएका घरहरुलाई एक पटकलाई सडक मापदण्ड मात्रे हेरेर पास गर्ने नीति अख्तियार गरेपनि राजश्व संकलन ह्वात्तै वढेको नगरपालिकाको राजश्व उपशाखाका प्रमुख हृदय ढकालले वताउनु भयो । भुकुम्प पछि सरकारले भवन निर्माण सम्वन्धी नयाँ आचार सहिता ल्याएपछि घरहरु वनाउदा अनिवार्य रुपमा नक्सापास गर्नुपर्ने भएकोले पनि राजश्व वढेको उहाँले जानकारी दिनुभयो ।
यस्तै नगरपालिकामा यसपाली साविकको जर्वुटा गाविस पनि गाभिएकोले राजश्व संकलनमा बृद्धि भएको ढकालले उल्लेख गर्नुभयो । नक्सापासवाट १ करोड ९ लाख ४४ हजार, एकीकृत सम्पतिकरवाट १ करोड ३५ लाख ५ हजार, सेवा शुल्कवाट १२ लाख ३८ हजार, व्यवसाय करवाट १९ लाख ८७ हजार रुपैया राजश्व संकलन भएको छ । यस्तै दण्ड जरिमानावाट ११ लाख ६० हजार, सिफारिसवाट ११ लाख ६२ हजार, दस्तुरवाट ८ लाख ६८ हजार, मालपोतवाट २ लाख २४ हजार रुपैया संकलन भएको छ ।
यसैवीच जिल्ला मालपोत कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिकालाई गएको आर्थिक वर्ष मालपोत रजिष्ट्रेसन बापतको १ करोड ९५ लाख रुपैया दिएको छ । जिल्ला मालपोत कार्यालय सुर्खेतले मालपोत राजिष्ट्रेसन वापर्तको निश्चित रकम वीरेन्द्रनगर नगरपालिकालाई हरेक वर्ष दिदै आएको छ ।
साभारः राराखबर अनलाइन
Prawash Kumar Shakya । २२ श्रावण २०७३, शनिबार १०:४६ बजे