लेकवेशीमा एक दिने अभिमुखीकरण


श्रावण १३, सुर्खेत ।लेकवेशी नगरपालिका क्षेत्रमा रहेका युवायुवतीहरुका लागि एक दिने साझा सभा एप र सूचना प्रविधि सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सुन्दर नेपाल संस्थाको सहजीकरण, पारस्परिक जवाफदेहिता परियोजनाको आयोजना तथा भेरीगंगा नगरपालिकाको समन्वयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

सूचना प्रविधिका औजारहरुको प्रयोग गरेर सार्वजनिक महत्वका विषयहरूमा वकालत गर्न मद्दत पुर्याउने र आफ्नो गाँउ ठाँउका रहेका समस्याहरु सम्बन्धि निकायमा सुनाउने उद्धेश्यले अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो भने साझा सभा एप र आई सि टि सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लेकवेशी नगरपालिका वाड न १ देखि १० सम्मका युवा क्लब , बाल क्लब लेकवेशी रेडियो श्रोता समूह, श्रीजनशिल शाखा कल्याण स्थानीय सभा , विभिन्न सहकारी र महिला सञ्जाल र अन्तरपाटि महिला सञ्जालका प्रतिनिधिहरुको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै भेरी गंगा नगरपालिका प्रमुख गगनसिं सुनारले नगरपालिकाले सदैब नागरिक सेवामा जोड दिईरहेको बताउनुभयो । उहाँले नगरपालिकामा अब सुचनाबाट कोहि पनि टाढा हुन नपर्ने कुरा बताउनुभयो । उहाँले नागरिकहरुका गुनासा सम्बोधन गर्नका लागि हदै सम्मको प्रयास भईरहेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका कार्यक्रममा नगरपालिका सूचना प्रविधि अधिकृत भरतराज ढकालले नागरिक सेवा र सूचना प्रविधि एक अर्काका परिपुरक रहेको भन्दै युग सुहाँउदो कार्य थालनी भईरहेको बताउनुभयो ।
त्यसै गरी पारस्परिक जवाफदेहिता परियोजनका अभियान सुपरभाईजर गगन खड्काले सुचना सम्बन्धि आई सि टि का औजारहरु, साझा सभा एप रेडियो स्रोता समुह किन, पैरवी , पैरवी चक्र जस्ता औजारहरु किन आवश्यक पर्दछ भन्ने बारेमा समेत जानकारी गराउनु भएको थियो । पारस्परिक जवाफदेहिता परियोजनका अभियान सुपरभाईजर गगन खड्काले पालिकाले प्रदान गर्ने सेवाहरुको बारेमा नागरिकलाई नागरिकमैत्री बनाउँदै अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाले आम नागरिकका तर्फबाट प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्दै अघि बढ्न पनि सुझाव दिनुभयो । कार्यक्रममा नगरपालिकाभरका ३५ जनाको सहभागिता रहेको थियो ।