
विश्वनाथ सिम्खाडा
चैत्र १४, कालीकोट ।
कालीकोटमा सरकारी र सार्वजनिक बिदामा समेत सरकारी गाडीको दुरुपयोग बढ्न थालेपछि ट्राफिक प्रहरीले त्यस्ता सवारी नियन्त्रणमा लिन थालेको छ । विना पास बिदामा समेत सरकारी सवारी आफ्नो प्रयोजनका लागि र अरुलाई नै कुदाउन दिन थालेपछि त्यस्ता सवारी नियन्त्रणमा लिन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कालीकोटका नन्दाराम जैसिले बताउनुभयो ।
कालीकोटका धेरै जसो गाँउपालिका तथा नगर पालिकाका सरकारी मोटरसाईकल आज भोलि बिना पास अर्कै व्यक्तिले प्रयोग गरिरहेको अवस्थामा पक्राउ गरिएको जैसिले जानकारी दिनुभएको छ । अहिले यस्तो अवस्था वढ्ने थाले पनि चेकिङमा कढाई गरेको वताउनु भयो । यस्ता खालका दुरुपयोग भएको खण्डमा ५ सय देखि १ हजार सम्म जरिवाना लिने गरेको पनि वताउनु उहाँले बताउनु भयो । कालीकोटमा सरकारी र सार्वजनिक विदामा समेत सरकारी गाडीको दुरुपयोग बढेकाले अहिले आफूहरुको ध्यान सरकारी गाडीको दुरुपयोग रोक्नेमा रहेको र केहि सरकारी सवारी सिक्न, विवाह, बरखी, मलामी र वनभोजमा समेत प्रयोग गर्ने गरेको सुचना आएकाले त्यस्ता सवारीको निगरानिमा ट्राफिक प्रहरी रहेको उहाँले बताउनुभयो ।
सवारी सरकारी काम काजको लागि सरकारी कार्यालय खुलेको समयमा मात्र प्रयोग गर्न पाईन्छ भने अन्य विदाको समयमा सरकारी कामकै लागि चलाउनु परे जिल्ला प्रशासन कार्यालय बाट पास लिनुपर्ने प्रावधान रहेको प्रमुख जिल्ला अधिकारी चन्द्र ाथ गौतमले बताउनुभयो ।
Milan Shrestha । १४ चैत्र २०७४, बुधबार १२:५५ बजे