राजनैतिक संरक्षणले अपराध बढ्दै


अविरल ढकाल,
चैत्र २०, जुम्ला ।
पछिल्लो समय जुम्लामा राजनैतिक संरक्षणले अधिकांस अपराध बढ्ने गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । जिल्ला प्रहरी कार्यालय जुम्ला र महिला तथा वालवालिका कार्यालय जुम्लाको संयुक्त आयोजनामा , जिल्लाका सरोकारवाला निकायहरु विच जवरजस्ती करणी न्यूनिकरण सम्वन्धीे अन्तरक्रिया कार्यक्रममा प्रहरीले बलात्कार सहित विभिन्न घटनाहरु राजनितिक संरक्षणले बढिरहेको बताएको छ ।
प्रहरी नायव उपरीक्षक डाक्टर तपनकुमार दाहालले, जवरजस्ती करणीको परिभाषा, कारण, कानूनी व्यवस्था का साथै चुनौतिको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । दाहालले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुशार पहिलो राजनितिक संरक्षण, दोस्रो जनचेतनाको अभाव यसैगरी कानूनको ज्ञान नहुनु, न्यायको सहज पहुँच बाहिर लगाएतका बिषयले विभिन्न घटनाहरु ह्ुने गरेको बताउनुभयो । दाहालका अनुशार कानुनमा पिडितको भन्दा पिडकको अधिकार भएको भन्दै पिडितको अधिकार, संरक्षण र पुनस्र्थापना हुन नसकेको बताउनुभयो । यसैगरी प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार आयोजना गरिको सो कार्यक्रममा अवका दिनहरुमा बलात्कारका घटनाहरु हुन नदिन गाउँपालिका स्तरमा जनचेतना मुलक सूचनाको प्रचार प्रसार सहित आ–आफ्नो क्षेत्रबाट योजना बनाइए अगाडि बढ्नु पर्ने निर्णय भएको जानकारी दिनुभयो ।
अधिकांश अपराधका घटनाहरुमा महिला नै बढी पीडित हुने गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कील,े हिंसामा जुम्लाका महिलाहरु पिडित भएकाले अव स्थानीय स्तरबाटै कम गर्ने अभियान थाल्नु पर्नेमा जोड दिए । निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले महिला हिंसा वा बलात्कारका घटनाहरु कम गर्न सरोरकारवाला निकाय र राज्यले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए । प्रहरीले समाजमा भएका जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, बहुविवाह, बाल यौन दुराचार, बाल विवाह, जस्ता अपराधिक गतिबिधि रोक्न एक जुट भएर लाग्नुपर्ने अपिल समेत गर्नुभयो ।