
मंसिर १६, कालीकोट ।
जिल्ला समन्वय समिति कालीकोटले जिल्लालाई “मदिरा निषेधित जिल्ला“ बनाउने घोषणा गरेपछि बिभिन्न बिचार बिमर्सहरु हुन थालेकाछन् । ब्यबसायीहरुले मदिरा बिक्रि गर्न पाउनु पर्ने माग गरिरहेका छन् भने स्थानीय सरकारले गरेको निर्णय कार्यान्वयन गरि छाड्ने अड्डि कसेको छ । सरकारलाई कर तिरिरहेको र कि मदिरा उत्पादन गर्ने कम्पनिहरु नै बन्द गर्नु पर्ने नत्र बिक्रिमा रोक लगाउन नहुने ब्यबसायीहरुको जिकिर रहेको छ । यही बिषयमा रास्कोट नगरपालिका निवासी यूवा प्रकाश न्यौपानेले घोषणा स्वागत योग्य भन्दै यस्तो टिप्पणि गरेकाछन्
१.हिजो र आजको अबस्था हेर्दा कुरा हाँस्यास्पद लाग्न सक्छ तर यो जाँड (रक्सिले) जिल्ला यसरी बिगारेको छ कि जिल्लाबाट मदिरा हैन मदिराको ठुलो भाँडोबाट जिल्लालाई निकाल्नु पर्ने देखिन्छ ।
२. जिल्ला समन्वय समितिको बैठकबाट यो घोषणा भईरहदा कति जनाले जाँड (रक्सि) को तालमा तालि पड्काएर यो कुरालाई समर्थन जनाए, त्यो कुरा जो कोहिले सजिलै अनुमान लगाउन सकिन्छ यसको अर्थ यो हो कि अरूलाई सुधार्ने जिम्मा लिनेले आफु सुध्रिने हैसियत राख्न जरूरी छ ।
३. अब कुरो जनप्रतिनिधिको गरौँ, नगर र गाँऊ पालिकाका हर्ताकर्ता तल देखि माथिसम्मका जनप्रतिनिधिहरूको (सबै होइनन्, कोहि कोहि सज्जन र ईमान्दार पनि हुनुहुन्छ ) बिहानी चियाबाट हैन दारू बाट हुन्छ यहाँ । प्रत्येक बैठक, निरिक्षण, सभा, योजनाहरू रक्सिसँग मितेरी साइनो राख्छन् । जाँड (रक्सि) बिना यहाँ कुनै योजनाको कागजमा हस्ताक्षर हुँदैन, कुनै योजनाको अनुगमन हँुदैन, कुनै साइडको सर्भे गरिदैन । यहाँ खुवाउने र खाने, खाने र हेर्ने बिच मात्र हो हात मिल्ने, मन मिल्ने, कुरा मिल्ने, लेनदेन मिल्ने र अन्य तमाम् नमिलेका कुरा सजिलै मिल्ने । अब जटिल कुरा यहाँ पैदा हुनेछ कि बिकल्प तिन वटा आउने छन्, कि मदिराले जिल्ला छोड्ने छ, कि जनप्रतिनिधिले मदिरा छोड्ने र अन्तिम बिकल्प जनप्रतिनिधिले जिल्ला छोड्ने छ किनभने यसको लत एउटा संस्कार जस्तै बसेको छ, यहाँ भात त्यति खपत हुँदैन जति जाँड (रक्सि) खपत हुन्छ । म सुध्रिन्छु र अरूलाई सुधार्ने छु भन्ने भावना नजागे सम्म घोषणा मात्र घोषणा मै सिमित रहनेछ र कार्यान्वयनको पाटो शुन्यमा झर्नेछ ।
र अन्तिममा दुखको कुरा हामी त्यहि समाजमा बस्छौं जहाँ एउटा बाउलाई दैनिकी जाँड (रक्सि) खान टन्नै पैसो हुन्छ तर आफ्ना सन्तानलाई एक कलम र कापी किन्न बिकट कर्णालीवासीका दिन दुखि भनेर आफैलाई धिक्कार्नु पर्छ । जिल्लामा उत्पादन हुने गरेका र बाहिरबाट मात्रै कर्णालीका भनेर भित्र्याइने गरेका मदिराजन्य पदार्थहरू यति तल्लो र घटिया स्तरका छन् कि यसले मानव जीवनको आधा आयु र जीवनस्तर निलेको छ । त्यसैले सही तौर, तरीका अपनाएर यसलाई केहि हदसम्म रोक्न सके तमाम् युवा जनशक्तिको सहि सदुपयोग हुन सक्ने स्थिति बन्ने थियो कि……।
प्रकाश न्यौपाने ’प्रकालिकोटश’



Milan Shrestha । १६ मंसिर २०७५, आईतवार ११:०८ बजे