अनुमति विना बनाईएका सडक पसलहरु भत्काईदै


मिलन श्रेष्ठ
१५ चैत्र, सुर्खेेत ।
वीरेन्द्रनगर नगरपालिकाले सडक छेउमा रहेका पसलहरु भत्काउन थालेको छ । वीना अनुमति संचालन गरिएका पसलहरुलाइए पटक–पटक खालि गर्न भने पनि उनीहरुले बेवास्ता गरेपछि बिहीबार(आज) नगरपालिकाले डोजरको प्रयोग गरी टहरा त्यसता पसलहरु धमाधम शुरु गरेको भत्काएको हो ।

वीरेन्द्रनगर नगरपालिकका उप–शाखा प्रमुख यामलाल गिरीका अनुशार हामीले गत माघ १९ गते नै १५ दिने सुचना जारी गरी त्यसरी अवैध रुपमा अनुमती नलिई बनाइएका पसलहरु तत्काल हटाउन भनेको थियौ, यती मात्र होईन स्थानिय जन प्रतिनिधिहरुले समेत मुस्कान सहितको घर दैलो कार्यक्रम गरी हटाउन अनुरोध समेत गरेका थिए ।

गिरीले थपे, सुर्खेत कर्णाली प्रदेशको राजधानी भए संगै यस क्षेत्रमा बसोवास गर्नेहरुको चाप बढीरहेको अवस्थामा विना जानकारी सडक छेउमा टहरा बनाएर बस्नेको संख्यामा पनि बृद्धि भए संगै सरकारलाई कर नतिरी विना सुचना मनोमानी रुपमा बस्ने र ती व्यवसायीहरु मध्य कुन व्यवसायी सरकारलाई कर तिरेर बसीरहेका व्यवसायीहरु हुन , पहिचान गर्न समेत गाह्रो भएको थियो ।

यसरी हामीले पटक–पटक सुचना र मौखिक रुपमा ताकेता गर्दा पनि हाम्रो अनुरोधलाई अटेर गरी सरकारलाई कर नतिर्ने र मनोमानी ढंगले अस्थाई टहरा निर्माण गरी व्यवसाय संचालन गरीरहेको पसलहरुलाई लक्षित गरेका छौं, भने शुक्रवार देखि नगपालिकाको माप दण्ड र क्षेत्राधिकार भित्र बस्नेहरुको सहि पहिचान गरी त्यस्ता टहराहरु हटाउने कार्य गर्ने छौं ।