सप्तरङ्ग २ कार्यक्रममा २७ सय सिम वितरण


२९ कार्तिक, सुर्खेत । शान्ती र सद्भावका लागी सप्तरंग यात्राका क्रममा राष्ट्रिय स्तरका कलाकारहरुद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भएको सप्तरङ्ग २ कार्यक्रममा नेपाल टेलिकम सुर्खेत शाखाले निःशुल्कमा २७ सय नमस्ते प्रिपेडको सिम वितरण गरेको छ ।

सुर्खेतमा ४ जी सेवा शुरु भए संगै टेलिकमले पहिलो पटक निःशुल्कमा नमस्ते प्रिपेडको सिम वितरण गरेको टेलिकम सुर्खेत प्रमुख पोखरेलले बताउनुभयो ।

हिजो सम्पन्न सप्तरङ्ग कार्यक्रममा महानायक राजेश हमाल, गायक सुगम पोखरेल, हास्य कलाकार जीतु नेपाल, गायिका मेलिना राई, गायकहरु हिमाल सागर, रवि ओड र प्रकाश सपुतले आआफ्नो प्रस्तुति दिनुभएको थियो ।