कटकबहादुर बम
चैत १६, सुर्खेत ।
सिक्का बाबाका नामले परीचित रामबहादुर दमाई कर्णाली प्रदेशका पाँच जिल्लाको भ्रमणमा निस्किनु भएको छ ।
२ सय ६ राष्टका सिक्काहरु कपडामा टाँसेका सिक्का बाबा नेपाली झण्डा फहराउदै विश्व शान्तिको शन्देश फैलाउन नेपालका सबै जिल्लाको भ्रमण गर्ने क्रममा दाश्रो पटक कर्णाली प्रदेशका कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लाको भ्रमणमा निस्किनु भएको हो ।
नेपालका सबै जिल्लाहरुको एकपट भ्रमण गरीसकेको बताउने सिक्का बाबा शान्तिको शन्देश विश्वभरी फैलाउन विदेशको यात्रा सहजका लागि आर्थीक रकम संकलन गर्न पनि देश दौडाहमा लागेको उहाँको भनाइ छ ।
देशका बिभिन्न जिल्लाहरुमा दुई पटक भ्रमण गरीसकेका सिक्का बाबाले सुर्खेत बसपार्कमा भन्नुभयो म विश्वका अन्य देशहरुमा पनि जान चाहान्छु, त्यहाँ गएर पनि विश्व शान्तिको सन्देश फैलाउने मेरो रहर छ, त्यही रहर पुरा गर्ने अभियानमा फेरी पनि कर्णाली प्रदेशका मनोरम हिमाली जिल्लाहरुमा जाँदैछु ।



Milan Shrestha । १६ चैत्र २०७४, शुक्रबार ०४:३१ बजे