वडाद्वारा राहत वितरण


२० चैत्र, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालय सुर्खेतले वडामा रहेका मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न परिवारकालागि राहत वितरण गरेको छ ।

हामीले वडामा रहेका विपन्न परिवारहरुलाई कोरोना भाइरसको महामारीले लकडाउन रहेको स्थितिमा मजदुरी गरेर साँझविहानको छाक टार्नेहरुकोलागि राहत वितरण गरेका हौं । वडा अध्यक्ष सुरेश मानन्धरले भन्नुभयो । वडा नं. ९ मा कोहीपनि जनता आभावमा भोकै बस्नु नपर्ने,  विपन्न परिवारकालागि सहयोग गर्न आफू हरदम लागि पर्ने अध्यक्ष मानन्धरले बताउनुभयो ।

वडाले वडामा रहेका ३२ वटा टोल विकास संस्थाहरुको सहयोगमा विपन्न घरपरिवारलाई राहत वितरण गरेको वडा सचिव देवप्रसाद मुलेलले बताउनुभयो ।