गजल


                              सुनिता सापकोटा

समय घडीमा बसेर कथा सुनाउँदैछ
मन मेरो रोयो ऐना आँसु बगाउँदैछ

आमा भन्छिन् मन थामिदै थामिदैन
ओठले हाँस्न खोजेर पीर लुकाउँदैछ

कुकर्म हेर्न सकेनन् र देउताहरु भागे
मन्दिर धर्म बेचेर पैसा कमाउँदैछ

यसरी पनि गुजारा चलिरहेछ हाम्रो
दाँत स्वाद बिनाको भोक चपाउँदैछ

बोलाएको तिमीलाई हो तिमी आएनौ
बोलाउदै नबोलाएको याद किन आउँदैछ

      भोजपुर