सुनिता सापकोटा
समय घडीमा बसेर कथा सुनाउँदैछ
मन मेरो रोयो ऐना आँसु बगाउँदैछ
आमा भन्छिन् मन थामिदै थामिदैन
ओठले हाँस्न खोजेर पीर लुकाउँदैछ
कुकर्म हेर्न सकेनन् र देउताहरु भागे
मन्दिर धर्म बेचेर पैसा कमाउँदैछ
यसरी पनि गुजारा चलिरहेछ हाम्रो
दाँत स्वाद बिनाको भोक चपाउँदैछ
बोलाएको तिमीलाई हो तिमी आएनौ
बोलाउदै नबोलाएको याद किन आउँदैछ
भोजपुर



Milan Shrestha । १६ चैत्र २०७४, शुक्रबार ०६:५४ बजे