युद्धस्तरमा सृजना गर्त तल्लिन युद्धबिक्रम


कृष्णराज धमाला
असार २४, सुर्खेत ।

युुद्धबिक्रम शाही नेपाली साहित्यमा नौलो नाम भने पक्कै होइन । २०३९ साल देखि साहित्यका बिबिध बिधामा लेखीनीमा ब्यस्त रहदै आएका शाही हालका दिनसम्म पनि लेखनीमा क्रियाशिल नै छन् । बिरेन्द्रनगर नगरपालिका ५ सुर्खेतमा बसोबास गर्ने २०२७ साल फागुन १२ गते जन्मिएका युद्धका रचनाहरुले नेपाली समाजको बास्तबिक बिम्ब ओकल्ने गरेकाछन् ।

अन्याय, अत्याचार, शोषणका बिरुद्धमा सृजना मार्फत आन्दोलनरत युद्ध बिक्रम नाम जस्तै रचनामा पनि युद्धमा क्रियाशिल नै देखिन्छन् । कविता, गजल, कथा, हाइकु, ताङ्ग्का लगायतका बिधामा तिखो कलम चलाउने युद्धबिक्रमले नेपाली शैलीको थाम्काको नामारण गरी नयाँ बिधा सृजना गरेकाछन् । उनले प्रतिपादन गरेका थाम्कामा तिन लाइनमा पाँच, पाँच, पाँच अक्षर गरी जम्मा पन्द्र अक्षरको नयाँ सृजना बनाएछन् । जस्तै
१) लाउँ न माया
लाउने भए
बर्गीय खाले ।
२) समस्या यस्तै
आइरहन्छ
बाँच मजाले ।

युद्धबिक्रमका हाइकु यस्ताछन्
१) रहरहरु
म आउने आशामा
पर्खिरहेछन् ।
२) मान्छे सम्झिन्छ
म कहिल्यै मर्दैन
मरिरहन्छ ।

युद्धबिक्रमले रचना गरेका ताङ्ग्का यस्ताछन्
१) हाम्रै लागि हो
गणतन्त्र ल्याउन
सहिद भए
मूल्यांकन हुँदैछ
फूलमाला लगाई ।

२) सडक बन्यो
खुसी नेपालीहरु
समृद्ध नेपाल
जनता उठाएर
बिजोग बनाएर ।

यस्तै परीबर्तनका स्वरहरु गुञ्जायमान गर्ने र आक्रोशको सूई लगाउन सहयोगी भूमिका खेल्ने सृजनाहरु सृजना गर्नु युद्धबिक्रमका बिशेषता नै बनेको छ ।

युद्धबिक्रम शाहीका हालसम्म ‘क्रान्तिका स्वरहरु’ कविता संग्रह २०५२, ‘मेरो बस्तिको कथा’ कविता संग्रह २०५९, ‘प्रिय म त आकाश बनेका छु’ कविता संग्रह २०६४, ‘युद्धका गजलहरु’ गजल संग्रह २०६६, ‘सुर्खेत देखि दार्जीलिङ्ग सम्म’ यात्रा सस्मरण २०६७, ‘युद्ध बिक्रमका प्रतिनिधि कविताहरु’ कविता संग्रह २०६८, ‘ठकुरी एकता समाज छोटो चिनारी’ हाते पुस्तिका २०६९ एकल संग्रह प्रकाशित भइसकेका छन् ।

मध्यपश्चिमाञ्चल विश्वबिद्यालय सुर्खेतबाट स्नातकोत्तर (एम.इ.एस.) नेपाली, प्रथम श्रेणि सम्म अध्ययन गरेका युद्धबिक्रमले प्रगतिशिल लेखक संघ नेपाल, शाखा सुर्खेतको बार्षिक मुखपत्र रातो थुंगाको सम्पादन गर्नुका साथै दर्जनौं फुटकर रचनाहरु बिभिन्न पत्रपत्रिकामा प्रकाशित तथा बिद्युत्तिय सञ्चार माध्यममा प्रसारण समेत भएकाछन् ।

प्रगतिशिल लेखक संघ नेपाल शाखा सुर्खेतको दुई कार्यकाल अध्यक्षको कुशल भूमिका निर्बाह गरीसकेका युद्धबिक्रम हाल शाखा सल्लाहकार तथा राष्टिय पार्षद पनि हुन् । सक्षम टोल विकास संस्था बिरेन्द्रनगर ५ को अध्यक्ष, बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष, गणेश मन्दिर ब्यबस्थापन समिति अध्यक्ष लगायत बिभिन्न सामाजिक संस्थाहरु क्रियाशिल भएर समाजसेवा गरीरहेका युद्धबिक्रम संस्कार सहितको राजनीति मार्फत मात्रै सामाजिक सेवा हुनेमा विस्वास गर्दै यही यात्रामा निरन्तरता पनि दिइरहेकाछन् ।

गणेश पशुपंक्षि पालन फर्म सञ्चालन गरेर ब्यबसायीक बनेका युद्धबिक्रम फुर्सदको समय मिलाएर साहित्य सृजनामा तल्लिन हुन्छन् । बिभिन्न प्रतियोगिताहरुमा प्रथम स्थान हाँसील गरेका युद्धबिक्रम आत्म सन्तुष्टि र समाज परीर्बनका लागि लेख्ने गर्छन् । उनको सबैजसो रचनाहरु प्रगतिबादी छन्, उनका रचनामा प्रेम भएपनि बर्गिय प्रेम मात्रै हुन्छ । केही आशावादी बनाउने र परीबर्तन गर्न सहयोग मिल्ने रचनाहरुले समाज विकासमा टेवा पुग्छ भन्नेमा विस्वास गर्ने युद्धबिक्रमको सानो र सुखी परीवार छ । परीवारमा पत्नि राधा, छोरा सम्राट र समिर शाही अनि छोरी

सोसलिजा शाही उनका परीवारका सदस्यहुन् । उनको लेखनीमा परीवारका सदस्यहरु र सिंगो समाजले उत्प्रेरणा दिइरहेको छ ।

कृति प्रकाशन गरेर कमाउला भन्ने आशा नभएका युद्धबिक्रम पुस्तक किनेर पढ्ने बानी नभएकोमा चित्त दुखाउँछन् । घरखेत बेचेर प्रकाशन गरे पनि पुस्तक कोही किन्दीदैनन् बरु निशुल्क पाए सबै पुस्तकहरु लिने गर्छन्, यो उनको जीवनको भोगाई हो ।

आगामी ‘खोर्के किनार’ गजल संग्रह, ‘ढुंगा र फूल’ कविता संग्रह, ‘हाइकु, तांका र थाम्का ’ को संयुक्त संग्रहको पाण्डुलिपी तयार पारीसकेका युद्धबिक्रम आगामी दिनमा यी कृतिहरु प्रकाशन गर्ने तयारीमा जुटेका छन् ।

जीवनको सबै उर्जाशिल समय नेपाली साहित्यको श्रीबृदिमा खर्चिएका युद्धबिक्रमको आगामी यात्रा पनि नेपाली साहित्यमा युद्ध स्तरमा लम्कियोस्, प्रगति हुँदै जाओस् शुभकामना ।