मौसम कुमार
चैत्र १८, दैलेख ।
दैलेख जिल्लामा नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियनको छैठौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । १४ गते देखि सुरु भएको अधिवेशनमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरे तथा नेपाल तरुण दलका पुर्व अध्यक्ष विनोद कायस्थको आतिथ्यतामा उक्त अधिवेसन सम्पन्न भएको अधिवेसनले यामराज कटुवालको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।
अध्यक्ष पदका आकांक्षी धेरै जना भएकाले कार्यक्रम ३ दिन सम्म सहमतिको लागि लम्बिएपनि सहमतिमा कटुवालको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति, ५ सदस्यिय संघिय प्रतिनिधी र १० सदस्यिय प्रदेश प्रतिनिधीहरु पनि निर्वीरोध निर्वाचित भएका छन् ।
अधिवेशनले खुला उपाध्यक्षमा लालबहादुर शाही, महिलामा टिकादेवी जैसी, सेवामा खेमराज थापा, स्वरोजगारमा कनक सेन, उत्पादनमा थिरबहादुर थापालाई चयन गरेको छ भने सचिवमा सुर्यराम साँवद, सह सचिवमा तप्तबहादुर खत्री र विद्या चौधरी, कोषाध्यक्षमा मानबहादुर कार्की लाई चयन गरेको छ । निर्वाचित भइसकेपछि अध्यक्षले जिल्लाका मजदुरहरुको विषयमा सधै साझा भएर वकालत र हकहितका विषयमा अग्रसर रहने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।



Milan Shrestha । १८ चैत्र २०७४, आईतवार ०४:५० बजे