निशुल्क मुटुरोग स्वास्थ्य शिविर


अविरल ढकाल
चैत्र २३, जुम्ला ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक मुटुरोग सम्बन्धि निःशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन भएको छ । कर्णाली प्रदेशको जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पतालमा मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ डा. भगवान कोइरला सहितको टोलीले विरामीलाई निशुल्क उपचार दिएका छन् ।

यो भन्दा पहिले त्यही रोगको लागि काठमाण्डौँ गएका स्थानिय जय बहादुर महतले भने जुम्लामा कसैले पनि नसोचेको र कल्पना समेत नगरेको स्वास्थ्य सेवा लिन पाउदाँ कर्णाली वासीको लागि गौरवको कुरा भएको छ ।

केन्द्रमा बसेर कर्णाली लाई हेर्ने र व्याख्या गर्ने शैली पुरानै भए पनि जुम्लामा भने स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन भईसकेको भौतिक संरचनामा विरामीलाई सेवा दिदा कुनै सुविधा सम्पन्न अस्पताल भन्दा कम नभएको अनुभुति भएको डाक्टर रत्न मणि गजुरेलले बताए । जुम्लामा औषधीको सेवनबाट उपचार गराउँदा निको नहुने विरामीलाई काठमाण्डौँमा रहेको मनमहोन टिचिंग अस्पतालमा बोलाएर पहिलो प्राथामिकताका साथ उपचार गराउने डा. गजुरेलले बताए ।
प्रतिष्ठानले कर्णालीका सवै जिल्लाहरुमा भर पर्दाे सेवा दिएको र दिइरहने प्रयास गरेका छौ । मानिसहरुले खानपिनमा ध्यान नदिदा दिन प्रतिदिन मुटु सम्वन्धि समस्या भएका व्यक्तिहरु उपचार गराउन आउने भएकोले यो निशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अधिकृत द्धन्द्धबहादुर शाहीले बताए ।
जुम्लामा दुई दिन सञ्चालन गरिएको निशुल्क मुटु स्वास्थ्य शिविरमा १ हजार ४ सय भन्दा बढी मुटु सम्वन्धी समस्या भएका रोगीहरुले निशुल्क मुटु स्वास्थ्य सेवा लिएका छन् ।
यो भन्दा पहिले मुटु रोगीहरुले उपचार गराउनकै लागि ऋण काडेरै भएपनि जिल्ला भन्दा बाहिर गएर उपचार गराउनु पर्ने वाध्यता थियो भने कुनै समयमा रोगको परिचान नै नभएर मर्ने कर्णाली बासीले आफ्नै आगनमा मुटु सम्वन्धिको विशेषज्ञ सेवा पाएका छन् ।