विद्युतमा घिसिङ्गलाई नै पुनः नियुक्तिको माग राख्दै ज्ञापन पत्र पेश


१४ भाद्र, सुर्खेत । नेपाल विद्युत प्राधिकरणका महाप्रवन्धक कुलमान घिसिङ्गको पुन नियुक्तिको माग राख्दै आज जिल्ला प्रशासन कार्यालय सुर्खेत माफर्त सरकारलाई ज्ञापन पत्र पेश गरिएको छ ।

देशभक्त युवा नेपाल कर्णाली प्रदेशले विद्युत प्राधिकरणका महाप्रवन्धक घिसिङ्गको पुन नियुक्तिको माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा विगतका बर्षहरुमा नेपाली जनताहरुले १८ घण्टा बढी लोडसेडिङ्गको मार भोगिरहेको अवस्थामा कुलमान घिसिङ्गले उज्यालो नेपाल चिनाएको उल्लेख गरिएको छ । उज्यालो नेपाललाई कहिकतैबाट अध्याँरो नेपाल नबनाइयो भनी पुन कुलमान घिसिङ्गलाई नै नियुक्ति गर्न माग गरिएको छ ।