१२ भदौ, काठमाडौं । चर्चित गित वारी जमुना पारी जमुनाका गायक खेमराज गुरुङको आज अन्त्येष्टि गरिने भएको छ ।गुरुङको शवलाई अन्तिम श्रद्धान्जलीका लागि आज विहान ११ बजेदेखि १ बजेसम्म प्रज्ञा भवन कमलादीमा राखिने भएको छ । विहिवार उपचारको क्रममा गुरुङको काठ्माडौं चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको थियो । उहाँका परिवारका सदस्य विदेशमा रहेका कारण उहाँको अन्त्येष्टि गरिएको थिएन । गुरुङ्ग कलेजो रोगबाट ग्रसित भएपछि अस्पताल भर्ना गरिएको थियो ।



Prawash Kumar Shakya । १२ भाद्र २०७३, आईतवार ०६:१५ बजे