प्रज्ञाको पहिलो बार्षिक उत्सव सम्पन्न


२४ चैत्र, सुर्खेत । वीरेन्द्रनगर वडा नं ९ मा रहेको प्रज्ञा पाठ्शालाले आज आफ्नो पहिलो बार्षिक उत्सव मनाएको छ ।

सानासाना बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा दिनको लागि स्थापित भएको प्रज्ञा पठ्शालामा अहिले ७३ जना विद्यार्थीहरु अध्ययरत रहेका छन् ।

कार्यक्रममा अधिकान्स अभिभावकहरुले पाठ्शालले राम्रो संग आफ्ना बालबालिकाको शिक्षामा योगदान दिएको प्रति पाठ्शालालाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा पाठ्शालामा अध्ययरत बालबालिकाहरुले आआफ्नो कला प्रस्तुत गरेका थिए ।