एम्बुलेन्स स‌ंचालनका लागी कविता कन्सर्ट हुने


२८ चैत्र सुर्खेत । स्वस्ठ नागरिक र स्वच्छ समाज निर्माणकालागी आफू बाचौ रअरुलाई बाँच्ने अवसर प्रदान गरौ भन्ने मुल नाराका साथ अनमोल स्मृति प्रतिष्ठान ले यही बैशाख १८ गते विरेन्द्र नगरमा अनमोल एम्बुलेन्स संचालनार्थ कर्णाली कविता कन्सर्टको अायोजना गरेको छ  । 

धेरैले एम्वुलेन्सको भरपर्दो र सुविधायुक्त सेवा नपाइ अकालमा ज्यान गुमाउनु परेको स्मरण गराउदै अाइन्दा   कोही कसैले एम्बुलेन्को अभावमा अकालमा ज्यान गुमाउनु नपरोस भनी भरपर्दो र सुबिधायूक्त एम्बुलेन्स सेवा संचालनकालागी कविता कन्सर्ट गर्न लागेकाे अनमोल स्मृति प्रतिष्ठान सुर्खेतका अध्यक्ष निराजन शाहीले बताउनु भएको  छ ।

अनमोल स्मृति प्रतिष्ठान द्वारा कालीकोटमा एउटा र सुर्खेतमा एउटा सुविधा सम्पन्न एम्बुलेन्स संचालनका लागी हुने कविता कन्सर्टकालागी  कवि नवराज पराजुलीको प्रस्तुती  का साथै बासुरी बाधक सम्यक महर्जनले पनी मनोरंजन दिने अध्यक्ष शाहीले बताउनु भएको छ ।