
६ फागुन, सुर्खेतका पत्रकार सुरेश आचार्य आज पुरस्कृत हुनुभएको छ । राष्ट्रिय समाचार समितिमा कार्यरत सुर्खेतका पत्रकार आचार्य समितिको ६३औं बार्षिक उत्सवको अवसरमा देशभरबाट उत्कृष्ट श्रब्यदृश्य सम्वाददाताबाट पुरस्कृत हुनुभएको हो ।
पत्रकार आचार्यलाई कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण बहादुर जिसीले २० हजार नगदसहित दोसल्ला र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
पत्रकार आचार्य विगत १ देखि राष्ट्रिय समाचार समितिको कर्णाली प्रदेशमा श्रब्यदृश्य सम्वाददाताको रुपमा कार्यरत हुनुहुन्छ ।



Prawash Kumar Shakya । ६ फाल्गुन २०८०, आईतवार १३:०३ बजे