दैलेखमा कक्षा ५ का विद्यार्थीलाई दिक्षान्त समारोह द्धारा बिदाई



मौसम कुमार
दैलेख, चैत्र २९ ।

दैलेख जिल्लाको नारायण नगरपालिकामा रहेको पुरानो विद्यालय, बालमन्दिर आधारभूत विद्यालयले कक्षा ५ का विद्यालर्थीहरुलाई दिक्षान्त समारोह मार्फत विदाई गरेको छ । उक्त कार्यक्रमले विद्यार्थीलाई प्रभाव पार्ने भन्दै कार्यक्रम गरिएको बालमन्दिर आधारभूत विद्यालयकी प्र.अ. टिका थापाले बताईन । उक्त कार्यक्रममा नारायण नगरपालिकाका उपप्रमुख सावित्रि मल्ल , विद्यालय निरीक्षक धिरेन्द्र शर्मालगायतले विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए ।