काँक्रेविहारमा टेम्पो दुर्घटना


मिलन श्रेष्ठ

८ बैशाख, सुर्खेत । आज शनिवार काँक्रेविहार यात्रु लिएर गएको टेम्पो दुर्घटना हुँदा ९ जना घाइते भएका छन्

भे १ ह २०६९ नम्बरको सिद्धपाइला यातायातको टेम्पो काँक्रेबिहारमा दुर्घटना भएको हो । चालक सहित ९ जना यात्रु सवार टेम्पो ओभर लोड भएका कारण मोडमा दुर्घटना भएको वीरेन्द्रनगर २ बस्ने बर्ष ३७ का चालक सागर थापाले बताउनुभयो ।

दूर्घटना पश्चात घाईतेहरुलाई उद्धार गर्दे स्थानीय वासी ।

घाइतेहरु उद्दार गरि उपचारकालागि स्थानीय माया नर्सिङ्ग होममा पठाइएको  प्रहरी निरिक्षक दोणबहादुर खड्काले जानकारी दिनुभयो ।

स्थानिय वासीले दुर्घटना भए लगतै सुरक्षाकर्मि र एम्बुलेन्सलाई खबर गर्दा पनि ढिला पुगेकोमा आक्रोस व्यक्त गर्दे, यसरी वीरेन्द्रनगर देखि केहि किलो मिटरको दुरीमा दुर्घटना हुदा पनि समयमै उद्दारका लागी पुग्दैनन् भने अन्य स्थानको स्थिती कस्तो होला ?

दूर्घटना स्थल ।