अपाङ्गगता छात्रवासलाई पंखा हस्तान्तरण


१० बैशाख, सुर्खेत । दृष्टिविहिन हेरविचार केन्द्र सुर्खेतले फेसबुकबाट सहयोगी दाता जुटाउँदै विभिन्न जिल्लाहरुका दृष्टिविहिन विद्यार्थीहरुलाई छात्रबृति रकम तथा आवश्यक सामाग्रीहरु प्रदान गर्दै आएको छ ।

यसैविच सुर्खेत सिम्ता गाँउपालिकाको राकममा रहेको बागेश्वरी माध्यमिक विद्यालयको अपाङ्गता छात्रवासकालागि दृष्टिविहिन शिक्षक योगेन्द्र शाहीलाई २ थान सिलिङ्ग पंखा हस्तातरण गरिएको केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यले बताउनुभयो ।

केन्द्रकालागि यही बैशाख ७ सुर्खेतकि चेली अमेरिकामा कार्यरत जयन्ति थापाले दृष्टिविहिनता विद्यार्थीहरुको शैक्षिक सामग्रिहरुको लागि रु २५०००। पच्चीसहजार उहाँको बुवा धर्मजङ्ग थापा मार्फत सहयोग प्राप्त भएको बताउँदै अध्यक्ष शाक्यले जयन्ति थापालाई हार्दिक कृतज्ञता सहित केन्द्रको मानार्थ सदस्यता प्रदान गरिएको बताउनुभयो ।

https://www.facebook.com/jeewan.shakya/videos/2101484583202775/?t=10