महाबै गाँउपालिकाको परिषद स्थगित


१४ असार, कालिकोट । महाबै गाँउपालिका कालिकोटको गाँउ परिषद स्थगित भएको छ ।

गाँउपालिका अध्यक्ष नन्दबहादुर सिंहले कुनैपनि कार्यपालिको निर्णय विनै एकल बजेट विनियोजन गरिएको पाइएकोले गाँउ परिषद स्थगित गरिएको गाँउपालिका उपाध्यक्ष मनराज शाहीले बताउनुभयो  ।

रातो किताबमा भएका योजनाहरुको कार्यान्वयन नभएको, वडाहरुले सिफारिस गरिएका कार्यक्रमहरु नगरिएको तथा माइनट नै नगरि अध्यक्षले चरमलापरवाही गरि एकल निर्णयबाट वजेट विनियोजन गरिएकोले हामीले गाँउ परिषद स्थगित गरेका छौ । उपाध्यक्ष शाहीले भन्नुभयो ।

उपाध्यक्ष शाहीका अनुसार अहिले विश्वव्यापी फैलिरहेको कोरोना भाइरस कोभिड १९ को रोकथाम एवं नियन्त्रण अभियानमा गाँउपालिकाबाट खर्च गरिएको बजेट विवरण पनि माग गरिएको छ ।

गाँउपालिकामा चरम अनियमितता भएको पाइएपछि नेकपा संसदीय दलले ११ बुँदे ध्यानाकर्षण पत्र पेश पछि गाँउ परिषद स्थगित भएको बताइएको छ ।