देउडा सम्राट शाही र बिमला बुढाले पाटी मिलाउने गरे सल्लाह( भिडियो सहित)


 असार १२, कालीकोट ।

नेत्रराज शाहीको नाम देउडा गीतका क्षेत्रमा चर्चीत नाम हो । साबीकको मध्य तथा सुदुर पश्चिम मात्रै नभई बिभिन्न चरणमा राजधानीमा पनि आफ्नो गीतको प्रभाव पारीसकेका शाहीलाई कालीकोटको पचाल झरना महोत्सवले हालै देउडा सम्राटको उपाधि पनि दिएको छ ।

आँसु कविका रुपमा चर्चीत नेत्रराज शाही देउडामा मात्रै सिमित छैनन्, कविता, गजल लेखन तथा राजनीतिमा पनि सक्रिय र सफल ब्यक्तिका रुपमा चिनिन्छन् । बिभिन्न जिल्लामा गएर देउडा खेलेर ख्याति कमाएका शाहीले कालीकोटको पलाँता गाउँपालिकामा आयोजीत कार्यक्रममा अछामकी बिमला बुढा सँग खेलेको पछिल्लो खेल झनै उत्कृष्ठ साबित भएको छ । स्थानियवासीहरुको चित्त बुझाउन सफल खेलाउडा र खेलाउडीहरु बिचको देउडा खेलमा कस्ता कस्ता सवाल जवाफ भए ति सवाल जवाफ यहाँ प्रस्तुत् गरीएको छ ।