वैशाख ११, कालीकोट ।
पलाँता गाउँपालिका ९ थ्रिर्पुमा जनस्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष लक्ष्मण बमले केन्द्रको आज उद्घाटन गरेपछि सञ्चालनमा आएको हो ।
आधारभूत स्वास्थ्य तथा सरसफाई कार्यालयका संयोजक हिमाल संज्याल, सह संयोजक बिनोदकुमार न्यौपाने तथा स्थानियहरुको सहभागीतामा सम्पन्न भएको कार्यक्रममा स्थानियले सहज स्वास्थ्य सेवा पाउने आशामा खुसी ब्यक्त गरेका छन् ।
दुई दिन अघि स्वास्थ्य चौकि थ्रिपुको पनि उद्घाटन कार्यक्रम सम्पन्न गरीएको छ ।



Milan Shrestha । ११ बैशाख २०७५, मंगलवार ०६:३१ बजे